मंगलबार, मंसिर ११, २०८१
10:55
|
१६:४०
न्यूजील्यान्डको अकल्यान्डमा जनजीवन सहज
रासस–एएनआई
अक्टोबर ५, २०२०
अकल्यान्ड, १९ असोज–– न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाइएको घोषणा गर्नु भएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिनुभयो ।
प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताउनुभयो । सेप्टेम्बर अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गर्नु भएको थियो ।
न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताउनुभयो । देशभित्र हाल ४० जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ