बेलायतमा अप्रिलभित्र सबैलाई कोरोना भ्याक्सिन दिइने


लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले दावी गरेका छन् ।
कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले भनेका छन्- ‘सन् २०२१ को आरम्भमा कोरोना भ्याक्सिन तयार हुन्छ र यसको वितरणमा सरकारलाई ६ महिना लाग्न सक्ने छ ।’ तर सरकारी स्रोतका आनुसार निर्धारित समयभन्दा अघि पनि सम्भव हुने उनीहरुको धारणा छ ।
अक्सफोर्डका वैज्ञानिकहरुले खोपको विकासमा काम गरिरहेको र आगामी वर्षको शुरुमा यस खोपलाई अनुमोदन गरिने अपेक्षा गरेका छन् । विशेषगरी ठूलो समूहमा स्वास्थ्यकर्मीबीच भ्याक्सिन सम्बन्धि नियम तयार भैरहेको र हप्ता दिनभित्र तालिम शुरु हुने बताइएको छ ।
लाखौं मानिसलाई खोप दिन ठूलो चुनौती सामना गर्नुपर्ने भएकाले ‘ड्राइभथ्रु भ्याक्सिन’ केन्द्रको योजना भैरहेको र सेनाको पनि सहयोग लिइने बताइएको छ ।
तर बेलायतका सम्पूर्ण नागरिकसमक्ष खोप पुर्याउन कम्तिमा एक वर्ष लाग्न सक्ने केहि वैज्ञानिकहरुको धारणा छ । खोपलाई प्राथामिकताका आधारमा वितरण गरिने भएकाले यसको कार्यान्वयनमा भरपर्ने पनि उनीहरुले बताए ।
हाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलको संयुक्त प्रयासमा खोप विकास भैरहेको छ ।
चीन, रसिया, अमेरिकालगायत देशका करिब दर्जन कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा ‘ट्रायल’ गरिरहेका छन् ।
गत अप्रिलदेखि उक्त खोप मानव परीक्षण शुरु गरिएको हो । बेलायतमा ५३ मिलियन जनतालाई भ्याक्सिन दिनुपर्नेछ । सरकारले अक्सफोर्डसँग १ सय मिलियन डोज भ्याक्सिन अर्डर गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५