नेपालमा ५४ हजार बढी संक्रमित निको भए


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको गौतमले बताए ।
यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिनमा छ हजार ३१० जना छन् ।
मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५