मंगलबार, मंसिर ११, २०८१
08:45
|
१४:३०
बङ्गलादेशमा ७५ प्रतिशत सङ्क्रमणमुक्त
नेपाली लिङ्क
सेप्टेम्बर २६, २०२०
ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।
मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ ।
यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १.४३ प्रतिशत छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ