प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी



प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी (दायां) किशोर श्रेष्ठका साथ
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए ।
उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो ।
कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो ।
तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५