म्याक डोनाल्ड्स लगायत ड्राइभ थ्रु रेष्टुरेन्टमा टेबल सर्भिस गर्न नपर्ने


लन्डन । बेलायतमा कोरोना संक्रमण तीव्र गतिले बढ्न थालेपछि यसको नियन्त्रण प्रयासमा सरकारले इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्ने घोषणा गरिसकेको छ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । तर, टेकअवे तथा ड्राइभ थ्रुका लागि भने यो नियम लागू हुनेछैन् ।
फाष्टफुड रेष्टुरेन्ट म्याक डोनाल्ड्स, प्रित ए म्यानेजर लगायत अल्कोहल लाइसेन्स आवश्यक नपर्ने रेष्टुरेन्टहरुले टेबल सर्भिसको नियम मान्नु नपर्ने भएको हो ।
तर, सरकारले छोटो समयमा नयाँ नियम लागू गरेको भन्दै यूकेको हस्पिटालिटी ट्रेड एसोसिएसन ‘यूके हस्पिटालिटी’ ले विरोध जनाएको छ । हस्पिटालिटी क्षेत्रका करिब ९ लाख कामदार अझै पनि सरकारले ज्याला दिने ‘फर्लो स्किम’ मा रहेको तर त्यो सकिनै लाग्दा राती १० बजे नै बन्द गर्नुपर्ने नियमले ठूलो संकट आइलाग्ने उक्त समूहको विश्लेषण छ ।
बेलायतमा केहि दिन यता कोरोना संक्रमितको संख्या विगत ५ महिना यताकै सबैभन्दा बढी हुन् थालेपछि सरकारले कडा नीति अपनाएको हो ।
सरकारका विज्ञ सल्लाहकारहरुले पनि समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५