सोमबार, माघ १४, २०८१
04:24 | १०:०९

‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

रासस-एएफपी सेप्टेम्बर २३, २०२०

वासिङ्टन ७ असोज–विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख २४ हजार ९०८ पुगेको बुधबार जनााइएको छ ।  

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ७६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित २ करोड ३४ लाख २७ हजार ९१८ व्यक्ति कोरोना मुक्त भएका छन् । अझै पनि विश्वमा ७४ लाख २० हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । 

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ९८ हजार २९१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ५ हजार ४९१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ ।

दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५६ लाख ५० हजार नाघेको छ । ब्राजिलमा १ लाख ३८ हजार १५९ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९० हजार ७७ जनाको मृत्यु भएको छ ।

रुस ११ लाख २२ हजार २४१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा ७ लाख ७७ हजार ५३७ जनामा सङ्क्रमण रहेको छ । छठौैं स्थानमा रहेको पेरुमा ७ लाख ७६ हजार ५४६ व्यक्ति सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ । केही दिन अगाडी मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका थिए   

‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ’-प्रधानमन्त्री जोन्सनले भनेका थिए । 

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको ‘वेभ’ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू