क्रिसमसका दिन बेलायतमा सामाजिक भेटघाट सहज पार्ने तयारी
बढीमा २४ घन्टाका लागि नियम खुकुलो पारिने


लन्डन । इशाईहरुको महान चाड ‘क्रिसमस’ का दिन इंग्ल्याण्डमा जारी सामूहिक जमघट नियम सहज बनाउने तयारी भइरहेको छ । हाल ६ जना भन्दा बढी मानिसको सामाजिक जमघटलाई सरकारले गैर कानूनी घोषणा गरेको छ ।
क्रिसमसका समयमा बढीमा २४ घन्टाका लागि जारी नियम खुकुलो पार्दै ६ जना भन्दा बढीको समूहमा जम्मा हुन पाउने नियम लागू गर्ने तयारी भइरहेको हो । कोरोना संक्रमणको दर बढ्दै गएपछि गत सोमबारबाट ६ जना भन्दा बढीको सामाजिक जमघटलाई गैर कानूनी घोषणा गरिएको छ ।
कम्तिमा ३ महिनाका लागि ‘रुल अफ सिक्स’ को नियम लागू गरिएको सरकारका प्रवक्ताले जनाएका छन् । यद्यपि यसलाई ६ महिनासम्म पनि लम्ब्याउन सकिने अधिकारीहरुले बताएका छन् । युरोपमा कोरोनाको दोस्रो लहरको संकेत देखिएसंगै बेलायतमा पनि पछिल्लो हप्ता कोरोना संक्रमितको संख्या गत मे पछिकै सबैभन्दा उच्च कायम भएको छ ।
पब्लिक हेल्थ इंग्ल्याण्डका मेडिकल डाइरेक्टरले अहिले सबै खाले समूहमा कोरोनाको संक्रमण फैलिएको र अस्पतालमा भर्ना हुनेको संख्या वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५