मंगलबार, मंसिर ११, २०८१
06:04
|
११:४९
‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख बढी
रासस/एएफपी
सेप्टेम्बर २०, २०२०
वासिङ्टन-४ असोज– विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, ६७,४०३ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ ।
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघेको छ । ब्राजिलमा १,३६,५६५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६,७२४ जनाको मृत्यु भएको छ । रुसमा १०,९७,२५१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,६२,८६५ व्यक्ति सङ्क्रमित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ