बुधबार, फागुन १४, २०८१
कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु


रासस
सेप्टेम्बर २०, २०२०
काठमाडौं । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।
काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।
यसैबीच, नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको छ भने एक हजार ६५४ सक्रिय संक्रमित रहेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५