बुधबार, फागुन १४, २०८१
नेपालमा सुन प्रति तोला ४ सय रुपैयाँले वृद्धि


नेपाली लिङ्क
सेप्टेम्बर १४, २०२०
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाली बजारमा सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपियाँ कायम गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक ३ सय २० रुपियाँ कायम रहेको महासंघले जनाएको छ ।
आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५