बुधबार, फागुन १४, २०८१
सिन्धुपाल्चोक पहिरो: ९ को शव भेटियो, २२ बेपत्ता


नेपाली लिङ्क
सेप्टेम्बर १३, २०२०
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेकामध्ये ९ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले अरु २२ जना अझै बेपत्ता रहेको जनाएको छ ।
अहिलेसम्म शव भेटिनेहरुमा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान छन् ।
पहिरोमा पुरिएका २२ जना अझै बेपत्ता छन् । गएराति भारी वर्षापछि आएको पहिरोले ७ नम्बर वडामा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलका घरहरु पुरेको हो । पहिरोले स्थानीय ११ वटा घरमा क्षति पुरयाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५