बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’
अवार्ड पाउने बुद्ध एयर नेपालको एक मात्र एयरलाइन्स


काठमाडौँ–विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो ।
बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो । प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ ।
बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन् । बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । ट्रिप एडभाइजरले सन् २०१८ मा नेपालको राजधानी काठमाडौँलाई विश्वका उत्कृष्ठ गन्तब्यको सूचीमा राखेको थियो ।
त्यस्तै सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा काठमाडौँ परेको थियो । संसारकै सबैभन्दा ठूलोमध्येको वेबसाइट अमेरिकाको ट्रि एडभाइजरले विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ ।
यसका ३२ करोडभन्दा बढी सदस्य छन् । यो वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गरेको बताइन्छ । सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, युरोप, एसिया, अफ्रिका, मध्यपूर्व, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५