इंग्ल्यान्डमा ६ जना बढीको जमघटमा फेरि रोक लगाइने
संक्रमण फेरि बढ्न लागेपछि कडाइको तयारी



फाइल तस्विर
लन्डन । इंग्ल्यान्डमा ६ जना भन्दा बढी मानिस भेला हुन नपाइने नियम फेरि लागू हुने भएको छ ।
ओरालो लाग्दै गएको कोरोना संक्रमण पछिल्लो केही दिनमा फेरि बढ्न लागेपछि सरकारले कडाइको तयारी गरेको छ ।
जसअनुसार आउंदो सोमबार सेप्टेम्बर १४ देखि इंग्ल्यान्डमा ६ जना बढीको समूहमा सामाजिक जमघट (सोसल ग्यादरिङ) गर्न रोक लगाइने भएको छ । ‘आउटडोर’ मात्र नभएर ‘इनडोर’ समेत जमघट गर्न पाइने छैन ।
घर, पार्क, पब, रेष्टुरेन्ट सहितका ठाउँमा ६ जना बढीको जमघट गर्न रोक लगाइनेछ । तर स्कुल, कार्यस्थल, कोभिड सुरक्षाको लागि आवश्यक सतर्कता अपनाइएको विवाह, अन्त्येष्टी लगायतका कार्यक्रम र ठाउँमा भने यो नियम लागू हुने छैन ।
यो नियम उल्लंघन गर्ने व्यक्तिलाई एक पटकमा १ सय पाउन्डको जरिवाना समेत गरिने भएको छ । पटकपटक नियम उल्लंघन गर्दै जानेलाई ३२ सय पाउन्डसम्म जरिवाना हुनेछ ।
प्रधानमन्त्री बोरिस जोनसनले बुधबारको दैनिक प्रेस कन्फरेन्समा नयाँ नियम घोषणा गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।
सामाजिक जमघटमाथिको रोकसम्बन्धी यो नियम लागू र छुट हुने क्षेत्रहरुबारेको थप विवरण सरकारले केही दिनमै सार्वजनिक गर्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५