शनिबार, पुष १३, २०८१
10:17
|
१६:०२
बेलायतमा ३.९ म्याग्निच्युड भूकम्पको धक्का
नेपाली लिङ्क
सेप्टेम्बर ८, २०२०
लन्डन । बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लण्डनको बेडफोर्डशायरमा भूकम्पको धक्का महशुस गरिएको थियो । घरमा सामान्य धक्का महशुश गरिएको स्थानीयहरुले बताएका छन् ।
बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायत क्षेत्रमा भूकम्पको धक्का महशुश गरिएको थियो । मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा उक्त भूकम्प गएको थियो ।
लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । घरका सोफाहरू तथा वार्डरोब हल्लिएको स्थानीयहरुले बताएका छन् ।
भूकम्पबारे अन्य विस्तृत जानकारी आउन बाँकी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५