बेलायतमा थपिए २ हजार ९ सय ८८ संक्रमित
संक्रमण दिनप्रतिदिन बढ्दै


लन्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
यो संख्या गत मे २२ यताकै सबैभन्दा बढी हो । स्कटल्याण्डमा आइतबार २ सय ८ जना नयां संक्रमित थपिएका छन् । यो संख्या गएको १७ हप्ता यताकै सबैभन्दा बढी हो । यसैगरी वेल्समा थप ९८ जना नयाँ संक्रमित थपिएका छन्, जुन ३० जुन यताकै सबैभन्दा बढी हो ।
नर्दर्न आएरल्याण्डमा गत २५ अप्रिल यताकै सबैभन्दा बढी १ सय ६ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २ जनाको मात्र मृत्यु भएको छ । हालसम्म बेलायतमा ४१ हजार ५ सय ५१ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।
यहाँ कुल संक्रमित संख्या ३ लाख ४७ हजार १ सय ५२ पुगेको छ । कोरोनाका कारण मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत, मेक्सिको पछि पाँचौं स्थानमा छ । हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ८ लाख ८५ हजार भन्दा बढीको ज्यान गएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५