आइतबार, मंसिर ९, २०८१
15:10 | २०:५५

सात अन्तर्राष्ट्रिय उडान, ६०१ यात्रु फर्किए

रासस सेप्टेम्बर ४, २०२०

तस्वीर-रोशन सापकोटा/रासस

काठमाठौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ ।

आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ । कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

आन्तरिकतर्फ आज सात उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू