बुधबार, फागुन १४, २०८१
राहत लिएर गृहमन्त्री थापा ढोरपाटनमा
बाढी र पहिरोका कारण १४ जनाको मृत्यु


रासस
सेप्टेम्बर ४, २०२०
बाग्लुङ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ ।
मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।
तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले जानकारी दिनुभयो ।
बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको थियो । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ, धेरै बेपत्ता छन् । त्यहाँ ३० बढी घर बगाएको बताइएको छ । सडक क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५