मंगलबार, फागुन १३, २०८१
लण्डनस्थित नेपाली दूतावासमा नयाँ प्रवक्ता
श्रीमती रोशन खनाल प्रवक्ता र सूचना अधिकारी


नेपाली लिङ्क
अगस्ट ३१, २०२०
लण्डन । लण्डनस्थित नेपाली दूतावासले नयाँ प्रवक्ता पाएको छ । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा हालै परराष्ट्र मन्त्रालयबाट लण्डन नियोगमा सरुवा भई आएकी उपनियोग प्रमुख/काउन्सेलर रोशन खनाललाई प्रवक्ता र सूचना अधिकारी तोकिएको हो ।
लण्डनस्थित नेपाली दूतावासले सोमबार जनाए अनुसार श्रीमति खनाल यस अघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरेकी थिइन् ।
उनको सम्पर्क नं. ०२०७२४३७८५६ र इमेल[email protected]
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५