लन्डन दूतावास आइपुगे उपनियोग प्रमुखसहित चार नयां कर्मचारी
सबैजना १४ दिन 'होम क्वारेन्टिन' मा


लन्डन । उपनियोग प्रमुखसहित चार नयां कर्मचारी लन्डनस्थित नेपाली दूतावास आइपुगेका छन् । शनिबार बिहान उनीहरु लन्डन उत्रिएका हुन् । दूतावासका द्वितीय सचिव तेजेन्द्र रेग्मी नयां कर्मचारी लिन विमानस्थल पुगेका थिए ।
शरदराज आरन आफ्नो ४ वर्षे कार्यकाल सकेर बिहीबार नेपाल फर्किए लगत्तै उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न रोशन खनाल लन्डन दूतावास आइपुगेकी छन् । परराष्ट्र मन्त्रालयकी उपसचिव खनालले ४ वर्ष इजरायलमा फस्ट सेक्रेटरीको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।
त्यसैगरि, शनिबार लन्डन आइपुगेका अन्य कर्मचारीमा सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, थर्ड सेक्रेटरी गजेन्द्र राई र थर्ड सेक्रेटरी श्रीमति पुजन पाण्डे छन् ।
बेलायत सरकारको अनिवार्य नियम अनुसार उनीहरु सबैजना १४ दिन ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले पब्लिकसंग साक्षात्कार हुने गरि काम गर्ने छैनन् । तर, दूतावासभित्रै आवास गृह भएकाले औपचारिक कार्यभार भने बैंक होलिडेपछि आगामी मंगलबारदेखि शुरु गर्ने श्रोतको भनाइ छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदी, सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापा र तृतीय सेक्रेटरी तेजेन्द्र रेग्मी पनि केही महिनाभित्र आफ्नो कार्यकाल सकेर नेपाल फर्कने तयारीमा छन् ।
नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी र तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे केही महिनाअघि नेपाल फर्किसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५