आइतबार, वैशाख ७, २०८२
फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु


रासस-सिन्ह्वा
अगस्ट २९, २०२०

प्रतिकात्मक तस्बिर
मनिला, १३ भदौ–फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् । एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष छन् ।
घटनाबारे अनुसन्धान सुरू गरिएको बताउँदै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए । आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए ।
यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५