बेलायतमा कोरोना संक्रमित संख्या जुन दोस्रो हप्तापछिकै उच्च
२४ घन्टामा थप १ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि


लन्डन । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गैरहेको छ । गएको २४ घन्टामा थप १ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यो संख्या गत जुन दोस्रो हप्तापछिकै सबैभन्दा बढी हो । हिजो सार्वजनिक गरिएको तथ्याँकअनुसार १ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म बेलायतमा संक्रमित हुनेको कुल संख्या ३ लाख ३० हजार ३ सय ६८ पुगेको छ ।
यसैगरी गएको २४ घन्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेहरुमा विगत २८ दिनभित्र कोरोना संक्रमित पुष्टि भएका हुन् ।
बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४१ हजार ४ सय ७७ जनाको ज्यान गैसकेको छ । तर, बेलायतको राष्ट्रिय तथ्याँक विभागले भने ५७ हजार २ सयको कोरोना संक्रमणबाट मृत्यु दर्ता गरिएको बताउंदै आएको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमणका कारण ८ लाख ३२ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने २ करोड ४४ लाख ६७ हजार भन्दा बढी संक्रमित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५