बुधबार, फागुन १४, २०८१
विदेश पढ्न जानेलाई अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिइने


रासस
अगस्ट २७, २०२०
काठमाडौं । उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी कार्य पुनः सूचारु हुने भएको छ ।
मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगन गर्ने निर्णय गरेको थियो ।
जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५