तमु समाज यूके नयाँ भवनमा प्रवेश
प्रमुख लामा धर्मगुरुद्वारा नयाँ भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा


लन्डन । तमु समाज यूकेले किनेको लन्डन ग्रीनफोर्डस्थित नयाँ भवनमा आइतबार विधिवत रुपमा भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा गरिएको छ । देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धर्मगुरु लामा धरमबहादुर गुरुङले विधिवत रुपमा नयाँ भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा गरेका हुन् ।
कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गरुङ, उपाध्यक्ष तथा सामाजिक भवन समितिका संयोजक शिवकुमार गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले संयुक्त रुपमा रिबन काटेर मुल ढोका खोलेपछि कन्या सुबिना घलेको अगुवाइमा शुभ मुहूर्त पारी नयाँ भवनमा औपचारिक प्रवेश गरिएको थियो ।
सो अवसरमा तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ, समाजका महासचिब हर्कबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले, आमा समूहकी निवर्तमान अध्यक्ष तथा तमु समाज यूकेकी सल्लाहकार माया गुरुङ, सल्लाहकार बिजु गुरुङ, सल्लाहकार टंकराम गरुङ, सल्लाहकार केदारबहादुर गुरुङ, युवा समूहका अध्यक्ष ओमकार गुरुङ, आजीवन सदस्य सूर्य कुमारी गुरुङ, आजीवन सदस्यहरु उमा देवी गुरुङ र नवराज गुरुङ तथा युवा सदस्य सुश्री सुबिना घले सहभागी थिए ।
भवनको औपचारिक प्रवेशपछि पूजा कार्यक्रम अध्यक्ष गरुङ, उपाध्यक्ष शिबकुमार र आमा समूहकी अध्यक्ष घलेले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि आरम्भ गरेका थिए ।
महासचिव हर्क बहादुर गुरुङद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष तथा सामाजिक भवन समितिका संयोजक गुरुङले धन्यवाद दिए ।
गुरुङले सामाजिक भवनमा निरन्तर शुभ कार्य तथा राम्रा कार्यक्रम सञ्चालन गर्न पाइयोस् र सबैको सामाजिक तथा संस्कृतिक आस्थाको केन्द्र बनोस् भन्ने शुभकामना ब्यक्त गर्दै सहभागी लगायत देश विदेशमा रहेर सामाजिक भवन खरिदका लागि सहयोग प्रदान गर्ने सम्पूर्ण चन्दादातालाई कृतज्ञता पनि ब्यक्त गरे ।
कार्यक्रममा पूजाका लागि आवश्यक सरसामाग्री आमा समूहकी अध्यक्ष बिन्दु घलेले व्यवस्थापन गरेकी थिइन् । घलेसहित उपस्थित सम्पूर्ण आमाहरु तथा सामाजिक भवन समितिका सदस्य दिदीबहिनीले खानपान व्यवस्था मिलाएका थिए ।
कोभिड १९ महामारीको विषम परिस्थितिमा सरकारी निर्देशन अबलम्बन गर्न अनिवार्य भएकाले समाजले आफ्नो ऐतिहासिक प्रवेश पूजा कार्यक्रममा चाहेर पनि सम्पूर्ण सदस्यहरुलाई उपस्थित गराउन असमर्थ भएको जनाएको छ ।
त्यसकारण कार्यक्रममा कार्यसमितिका सिमित व्यक्तित्व र सामाजिक भवन खरिद परियोजना समितिका सदस्यहरु मात्र सहभागी थिए । उक्त कार्यक्रममा सहभागी भएका तमु समाज यूके अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरु आफ्नै भवन प्रवेश गर्न पाएकामा अत्यन्तै हर्षित र गौरवान्तित देखिन्थे ।
तमु समाज यूके सामाजिक भवन खरिद परियोजना समितिमा उपाध्यक्ष शिवकुमार गुरुङ संयोजक, ले. रि. पन्चबहादुर गुरुङ, केदारबहादुर गुरुङ, बिन्दु घले, माया गुरुङ, बिजु गुरुङ, उमा देवी गुरुङ, टंकराम गुरुङ, ज्ञानबहादुर गुरुङ, हरिमान गरुङ र टिका देवी गुरुङ सदस्य छन् ।
नयाँ भवन प्रवेश पूजा कार्यक्रम दिउसो सवा २ बजे आरम्भ भइ ४.३० मा समापन भएको थियो ।
तमु समाज यूकेले ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरेको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उक्त प्रोपर्टीमा काउन्सिलबाट ‘प्लानिङ परमिसन’ लिएर धार्मिक गतिविधि, पूजाआजा र सभा सम्मेलन गर्न मिल्ने गरि भौतिक संरचना बनाउने समाजको योजना छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५