कोरोनाले थलिएका शेर्पा संघ यूके अध्यक्ष सानाको निधन


लन्डन । शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । ५१ वर्षीय शेर्पाको लन्डन सेन्ट थोमस अस्पतालमा सोमबार दिउंसो साढे १ बजे उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय शेर्पाका पारिवारिक आफन्त गोम्बा शेर्पाका अनुसार कोभिड संक्रमण भएपछि साना गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पताल भर्ना भएका थिए । त्यसको दुई सातासम्म पनि अवस्था सुधार नभएपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पताल सारिएको थियो ।
दुई साता अघि गरिएको परीक्षणमा उनी कोरोना संक्रमण मुक्त देखिएपनि कलेजोको समस्या ‘रिकभर’ हुन नसकेर निधन भएको हो ।
भोजपुर पुर्ख्यौली घर भएका स्वर्गीय शेर्पा परिवारसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरा छन् । उनका बाबुआमा नेपालमै छन् ।
भूतपूर्व गोर्खा समेत रहेका शेर्पा आफ्नो रिटायर्ड जीवनमा शेर्पा संघ यूकेसहितका संघसंस्थामार्फत सामाजिक क्षेत्रमा सक्रिय रहंदै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५