बेलायतका खुद्रा पसलमा दुर्व्यबहार दोब्बर बढ्यो
पछिल्लो समय हप्तैपिच्छे घट्ना


लन्डन । कोभिड १९ महामारीले विश्वभर मानिसको मानसिक, आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा प्रभाव परेको छ ।
यो सिलसिला ब्रिटेनमा पनि देखिएको छ । बेलायतस्थित खुद्रा पसलका कामदारमाथि हिंसा र दुर्व्यबहार दोब्बर बढेका समाचार प्रकाशमा आएका छन् । कोरोना संक्रमणपछि यस्ता घट्नाहरु बढ्दै गएको बेलायतस्थित
रिटेल सपको प्रतिनिधित्व गर्ने संस्था ‘द युनियन अफ सप, डिस्ट्रिब्यूटीभ एण्ड अलाइड वर्कर्स’ ले जनाएको छ ।
संस्थाका अनुसार सन् २०१९ मा कुटपिट, धम्की र दुर्व्यबहारका घटना १५ दिनमा एकपटक हुने गरेकोमा पछिल्लो समय हप्ताको एकपटक यस्ता घट्ना हुने गरेका पाइएको छ । अहिले कोभिड १९ संक्रमण फैलन नदिन सरकारले जारी गरेको निर्देशिका अनुसार सामाजिक दूरी कायम गर्न आग्रह गर्दा कामदारमाथि जाइलाग्ने गरेको पाइएको छ । कतिले बोटल, चक्कु, सिरिन्ज देखाएर धम्क्याउने र थुक्ने जस्ता घट्ना बढि छन् ।
दुर्व्यबहारका घट्ना बढ्दै गएपछि युनियनका महासचिव प्याड्डी लिल्लिसले रिटेलमा काम गर्ने श्रमिकलाई सुरक्षा प्रदान गर्ने कानून बनाउन आग्रह गर्दै हाउस अफ कमन्सलाई ध्यानाकर्षणसहित पिटिशन जारी गरेका छन् ।
स्थानीय कम्युनिटीका लागि आवश्यक खाद्य सामग्री परिपूर्ति गर्न काम गर्दा गरिने राष्ट्रिय अपमानविरुद्ध सबै एकजुट हुन लिल्लिसले आग्रह गरेका छन् ।
बेलायतमा नेपालीका थ्रुपै खुद्रा पसल भएपनि यस्ता दुर्व्यबहारका घट्ना कमै घट्ने गरेको छ । लन्डनको फेल्थममा गोर्खा कर्नर सञ्चालन गर्दै आएका महेन्द्र कुंवर भने अहिलेसम्म यस्तो घट्ना नघटेको बताउंछन् । कहिलेकाहीं बढी पिएर बेहोसीको सुरमा हुने सामान्य घट्ना बाहेक त्यस्तो अप्रिय घट्ना नघटेको कुंवरले बताए ।
त्यस्तै, लन्डनको ग्रीनफोर्डस्थित काठमाडौं कर्नरका सञ्चालक सुनिल थापाले पनि यस्तो कुनै घट्ना नघटेको बताए । आफ्नो पसलमा प्राय नेपाली ग्राहक आउने हुंदा यस्तो घट्ना नहुने थापाले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५