मंगलबार, फागुन १३, २०८१
सहारा यूके अध्यक्ष गुरुङलाई पितृशोक


नेपाली लिङ्क
अगस्ट २१, २०२०

तस्बिर- मिलन तमु
लन्डन । सहारा यूके अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजिमान गुरुङको बेलायतको फार्नबरोस्थित निवासमा ८० वर्षको उमेरमा आज विहान निधन भएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल बेलायत बस्दै आएका गुरुङलाई लामो समयदेखि स्वास्थ्यमा समस्या थियो ।
पोखरा वगर सिमपानी समेत घर भएका रिटायर्ड ब्रिटिश आर्मी गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
गुरुङको निधनबारे जानकारी दिंदै सहारा यूकेका महासचिव धनु थकालीले संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५