मंगलबार, फागुन १३, २०८१
प्रधानमन्त्रीद्वारा तीज भन्दा जीवनरक्षालाई उच्च महत्व दिन आग्रह


रासस
अगस्ट २१, २०२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।
नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्रीले स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि कामना गरे ।
शुभकामनाका क्रममा प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५