चार्टर तथा उद्धार फ्लाइट पुन संचालन हुने, ७ दिन अनिवार्य होटलमा बस्नुपर्ने
उडान पहिले नै होटल बुक गर्नुपर्ने


काठमाडौं । मन्त्रिपरिषद बैठकले चार्टर तथा उद्धार फ्लाइट पुन संचालन गर्ने निर्णय गरेको छ । तर चार्टर फ्लाइटबाट आउने यात्रुले काठमाण्डौ आएपछि आफ्नै खर्चमा ७ दिनसम्म अनिवार्य रुपमा होटलमा बस्नुपर्नेछ ।
यसका लागि व्यक्ति स्वंयमले उडान पहिले नै होटल बुकिङ गर्नुपर्नेछ । यसअघि विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
सरकारको उक्त निर्णयको देश तथा विदेशमा चर्को विरोध भएपछि मन्त्रिपरिषदको बैठकले पछिल्लो निर्णय गरेको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दबाव दिएका कारण पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५