मंगलबार, मंसिर ११, २०८१
21:53
|
०३:३८
ब्राजिलमा कोरोना सङ्क्रमित ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु
रासस-एएनआई
अगस्ट २०, २०२०
ब्रासिलिया, ४ भदौ–कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै यहाँ सङ्क्रमितको संख्या पनि निकै बढेको छ । यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो ।
प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो । अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ