मंगलबार, मंसिर ११, २०८१
21:55
|
०३:४०
पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर
रासस-एएनआई
अगस्ट १९, २०२०
नयाँदिल्ली-३ भदौ–भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ ।
भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ । तर पछिल्ला केही दिनहरुमा उहाँको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक हस्पिटलले जनाएको छ ।
उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उहाँलाई फोक्सोमा सङ्क्रमण देखिएको छ । फोक्सोमा देखिएको सङ्क्रमणका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ । उहाँलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
अवस्था झन् कमजोर हुदै गएपछि उहाँलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ । उहाँलाई गएको अगष्ट १० मा सो अस्पताल भर्ना गरिएको थियो । त्यस लगत्तै उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको केही दिनपछि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ ।
केही दिनमात्र अघि पनि सो अस्पतालले उहाँको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो । तर आज बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभएको थियो ।
उहाँले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिनुभएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ