राष्ट्रकविको निधनले प्रा. सुवेदी दुःखी



प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबीइ, क्युसी)
लन्डन । बेलायतस्थित प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी (ओबीइ, क्युसी) ले राष्ट्रकवि माधव घिमिरेको निधनमा गहिरो दुःख ब्यक्त गरेका छन् । उनले मंगलबार सांझ एक शोक सन्देश मार्फत राष्ट्रकविको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन् ।
राष्ट्रकवि घिमिरेजस्तो व्यक्ति राष्ट्रले एक युगमा एक दुई जना मात्र जन्माउने भन्दै प्राध्यापक सुवेदीले समस्त राष्ट्र र राष्ट्रकविका परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।
लमजुङ्ग जिल्लाको एकै सेरोफेरोबाट आएका राष्ट्रकवि घिमिरे र प्राध्यापक सुवेदीको पारिवारिक नाता पनि छ ।
राष्ट्रकवि घिमिरेले आफ्नो प्रारम्भिक शिक्षा हाम्रा हजुरबुबा पण्डित बद्रीनाथबाट लिनु भएको र मेरा पिताजी पण्डित होमनाथ उहांको बालसखा भएकोले पनि हाम्रो राष्ट्रकवि प्रति गहिरो सम्मान छ, प्राध्यापक सुवेदीले भनेका छन् ।
बेलायतमा २० वर्ष अघि आफ्नो अध्यक्षतामा स्थापना भएको ब्रिटेन नेपाल प्राज्ञिक परिषदको उद्घाटन समारोहमा राष्ट्रकवि माधव घिमिरे प्रमुख अतिथि रहेको गौरवपूर्ण दिन स्मरण गर्दै प्राध्यापक सुबेदीले राष्ट्रकविको आत्माको चीर शान्तिको कामना गरेका छन् ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५