पत्रकार बानियाँको मृत्यु रहस्यमय भन्दै महासंघद्वारा छानविन गर्न माग


लन्डन । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको मृत्यु ‘रहस्यमय’ ढंगले भएको भन्दै पत्रकार महासंघले छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै निधनप्रति दुःख व्यक्त गरेको छ ।
विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु-याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए ।
काठमाडौंबाट बेपत्ता भएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको थियो ।
‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५