जनकपुरका पूर्व मेयर गिरीको कोरोनाबाट मृत्यु


काठमाडौं । जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७३ वर्षीय गिरीको मंगलबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई १५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका गिरीलाई काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिएको र विगत एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
गिरी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए । पञ्चायतकाल वि सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटल व्यवसायीको रुपमा प्रतिष्ठित थिए ।
मृत्युको आधिकारिक पुष्टि हुन बाँकी रहेको र बुधबार मात्रै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको बताइएको छ । यसअघि नेपालमा कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि कूल मृतक संख्या ८९ जना पुग्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५