मंगलबार, फागुन १३, २०८१
नेपालमा कोरोना संक्रमण बढ्दै, थप ४ सय १८ संक्रमित
काठमाण्डौ उपत्यकामा ५१ जना संक्रमित


रासस
अगस्ट ३, २०२०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५