मंगलबार, फागुन १३, २०८१
उपत्यकाका थप १८ प्रहरीमा कोरोना


रासस
जुलाइ ३१, २०२०

फाइल तस्विर
काठमाडौँ । काठमाडौं उपत्यकाका १८ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणबाट थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् ।
उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५