सोमबार, मंसिर १०, २०८१
15:37 | २१:२२

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

रासस-एएफपी जुलाइ २६, २०२०

उत्तर कोरियाली नेता किम जोङ उन

सोल । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । 

सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । 

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका हुन् । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन् ।

आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू