बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६८
बेलायतबाट नेपाललाई हुन सक्ने थप सहयोगबारे छलफल


लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ६८ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले उक्त तथ्यांक दिएको हो । गत साता केन्टमा एक वृद्धाको निधनपछि संख्या बढेको हो ।
कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढि भूतपूर्व गोर्खा छन् । अहिले संक्रमित सबैजना निको भइसकेका दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिए ।
दूतावासले कोभिड महामारीपछि सामान्य जनजीवनतर्फ अगाडि बढिरहेको बेलायतबाट नेपाललाई हुन सक्ने थप सहयोगबारे छलफल गरिरहेको छ । ‘थप सहयोगका लागि ब्रिटिश अधिकारीहरुसंग कुराकानी भइरहेको छ तर रिजल्ट आएको छैन्’, आरनले भने ।
बेलायतले कोभिड १९ का बेला नेपाललाई नियमित सहयोग बाहेक करिब ३० मिलियन पाउण्ड सहयोग गरेको थियो । नेपालस्थित बेलायती दूतावास र गोर्खा वेलफेयर ट्रष्टले संयुक्त रुपमा नेपालमा रहेका गोर्खा भेट्रानहरुलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५