सोमबार, मंसिर १०, २०८१
13:41 | १९:२६

इजरायलद्वारा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

रासस–एएफपी जुलाइ २४, २०२०

मिसगाभ (इजरायल), ९ साउन–इजरायली एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ‘ब्रेथलाइजर मेसिन’ झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।

यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ ।

यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ । प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए । तर, व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनले बताए ।

इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञानसहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू