ट्राफिक लाइट विवादका कारण हाइवेमा नै चक्कु प्रहार
एक वर्षभित्र ४ हजार ३ सय बढी छुरा प्रहारका घटना


लन्डन । बेलायतमा गुडिरहेका दुई कारवीचको आपसी विवादका कारण छुरा प्रहार गरिएको छ ।
ट्राफिक लाइटमा दुई कारबीच भएको आपसी विवादका कारण बेलायतस्थित एम २५ हाइवेको वेस्टर्न सुपर म्यारको जंक्सनमा एक २६ वर्षीय व्यक्तिमाथि छुरा प्रहार गरिएको छ ।
घाइतेको अस्पतालमा उपचार भैरहेको र हाल उनको स्थिति सामान्य रहेको एभोन र समरसेटका प्रहरीले जानकारी दिएका छन् ।
घाइते हुने व्यक्ति कारका यात्रु रहेको बताइएको छ । छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
पक्राउ गरिएका ४२ वर्षीय ती शंकास्पद व्यक्ति बर्मिंगहम निवासी रहेको बताइएको छ । बेलायतमा हुने हत्यामा छुरा प्रहारको घटना सबैभन्दा बढी हुने गरेको पाइन्छ ।
सन् २०१९ को १२ महिनाभित्र ४ हजार ३ सय भन्दा बढी अपराध छुरा प्रहारसंग सम्बन्धित रहेको होम अफिसको तथ्याँकले जनाएको छ ।
बेलायतको तथ्याँक अनुसार पछिल्लो समय छुरा प्रहारका घटनाहरु निरन्तर बढ्दै गएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५