एनआरएनए यूकेको चित्रकला प्रतियोगितामा ४६ बालबालिकाले पठाए ९२ सिर्जना
नतिजा र पुरस्कार वितरण बालदिवसमा



प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल ।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् ।
चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ ।
महासचिव फडिन्द्र भट्टराईका अनुसार, प्राप्त चित्रकलाहरुको मुल्यांकन गरी विजेता छनोटको जिम्मा सो क्षेत्रसम्बन्धी विज्ञहरु सम्मिलित समितिलाई लगाइएको छ ।
समितिले गर्ने मुल्यांकनको आधारमा छनोट हुने विजेताको नाम आउँदो भाद्र ४ गते बालदिवसको दिन गरिनेछ । सोहि दिन विजेतालाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गर्ने बताइएको छ ।
बेलायतमा लकडाउनका बेला विद्यालयहरु समेत बन्द अवस्थामा घरमै बस्न बाध्य बालवालिकालाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने भन्दै एनआरएनए यूकेले चित्रकला प्रतियोगितामा आयोजना गरेको थियो । प्रतियोगिताको संयोजन एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले गरेका हुन् ।
प्रतियोगितामा सहभागी ४६ बालबालिकाका जम्मा ९२ वटा चित्रकला एक दस्तावेजको रुपमा रहने गरी रंगीन पुस्तिका समेत प्रकाशन गर्न लागिएको प्रतियोगिताका संयोजक कँडेलले जानकारी गराएका छन् ।
बाल दिवसमा नतिजा र पुरस्कार वितरणकै बेला सबै चित्रहरु सम्मिलित पुस्तिकाको वितरण समेत गरिने योजना छ ।
प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण प्रतियोगी बालबालिका र अविभावकहरुमा एनआरएनए यूकेले धन्यवाद ज्ञापन गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५