यूकेका नेपाली संस्थालाई ५९ पाउण्डमै वेबसाइट


लण्डन । ग्रयाजुएट इन्टरप्रेनरर्स नेप्लिज सोसाइटी( जेन्स) यूकेद्धारा सञ्चालित आइटी कम्पनी ‘जेन्स टेक्नोलोजी’ ले बेलायतका नेपाली संघसंस्थाको वेबसाइट डिजाइन तथा निर्माणका लागि एक विशेष अफर ल्याएको छ ।
जेन्सले सोसल सपोर्ट प्याकेजअन्तर्गत बेलायतमा क्रियाशिल नेपाली सामाजिक तथा च्यारिटी संस्थाहरुको लागि ५९ पाउण्डमै वेबसाइट बनाइदिने घोषणा गरेको छ ।
वेबसाइट निर्माणका लागि रजिष्ट्रेसन शुल्क मात्र लिएर सबै काम पूरा गरिदिने बताइएको छ ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर दिपक गैरेका अनुसार वेबसाइट निर्माणपछि सम्बन्धित संस्थाका प्रतिनिधिलाई वेबसाइट सञ्चालनको लागि आधारभूत सीप समेत सिकाइनेछ ।
विदेशमा रहेर पनि यहाँका नेपाली संस्थाहरुले समाजका लागि दिएको योगदानको कदर गर्दै यो विशेष अफर ल्याइएको जेन्स यूके अध्यक्ष विष्णु चोङवाङले बताए ।
वेबसाइट निर्माणका लागि जेन्स टेक्नोलोजीलाई निम्नानुसारका नम्बर र इमेलमा सम्पर्क गर्न सकिनेछ ।
GENS TECHNOLOGY UK
T:01375430025/02037840366
M:07832904242/07545610066/07429067450/07412579096
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५