रानाले खोले लन्डन साउथ हयारोमा नेपाली स्टोर ‘डांफे’
करिब दश हजार आइटम, होम डेलिभरी समेत


लन्डन । व्यवसायी गंगाबहादुर रानाले लन्डन साउथ हयारोमा डांफे नामको एसियन मिनी मार्ट शुरु गरेका छन् ।
यसअघि सोही लोकशन नजिक चौतारी रेष्टुरेन्टलाई उचाईंमा पुरयाएका एनआरएन अभियन्ता रानाले लकडाउनकै बीच डांफे स्टोर खोलेका हुन् । माइ प्रेसिडेन्सल वल्ड लिमिटेड कम्पनीमा सञ्चालित उक्त मार्टमा नेपाली, कोरियन, चाइनीज, जापनीज र इण्डियन खाद्यान्न सामग्री उपलब्ध छन् । फ्रेस मिट बाहेक पेय पदार्थ पनि पाइन्छ ।
साउथ हयारोस्थित कोस्टा कफीको ठीक विपरित रहेको डांफेमा नेपालीको रोजाइमा पर्ने चिकेन, बफ, भेज, ल्याम्ब फ्रोजन मःम, वाइवाइ, रारासहित कोरियन र चाइनिज नुडल्स् आदि गरी करिब दश हजार आइटम रहेको व्यवसायी गंगा रानाले बताए । भविष्यमा अनलाइन अर्डरको व्यवस्था मिलाइने पनि रानाले जनाए ।
नर्थ वेष्ट लन्डनका हयारो, वेम्ली, बन्र्टओक, एजवेयर, नर्थहोल्ट, रइसलिप र पिनर क्षेत्रमा होम डेलिभरी समेत गरिने बताउंदै रानाले नेपालसहित विश्वभर मनी ट्रान्सफरको काम समेत गर्ने जनाए ।
व्यवसायिक दक्षताबीच नेपाली समुदायलाई गुणस्तरिय खाद्यान्न सामग्री उपलब्ध गराउने सोच अनुसार नयां स्टोर शुरु गरिएको राना बताउंछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५