लन्डन दूतावासका द्वितीय सचिव सुवेदी कार्यकाल पूरा गरी फर्किए


लन्डन । लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किएका छन् ।
बुधबार लन्डनबाट काठमाडौं गएको पहिलो चार्टर उडानमा सुवेदी नेपाल फर्किएका हुन् ।
लन्डन दूतावासबाट बिदा भएसंगै सुवेदीले आफ्नो परराष्ट्र सेवाको ३५ वर्षभन्दा लामो करियरबाट पनि विश्राम लिएका छन् ।
यसअघि सन् २००४ देखि २००८ सम्म लन्डन दूतावासमा कार्यरत रहेका सुवेदी ३० महिनाअघि दोस्रोपटक लन्डन दूतावास आएका थिए ।
मिठो बोल्ने र सबैसँग नम्र व्यवहार गर्ने सुवेदीले बेलायतका नेपालीमाझ लोकप्रिय छवि बनाएका थिए ।
बेलायतमै दुई कार्यकाल खटिएका कारण पनि यहाँको समुदायमा उनी बढी परिचित र घुलमिल थिए ।
यता लन्डन दूतावासबाट झन्डै एक वर्षअघि फर्किएका तृतीय सचिव भूपेन्द्र घिमिरेको ठाउँमा समेत अझै पदपूर्ति भइसकेको छैन।
राजदूत डा दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीको ४ वर्षे पूर्व निर्धारित कार्यकाल पनि पूरा हुने क्रममा छ ।
तर कोरोना महामारीले उत्पन्न असामान्य अवस्थाका कारण अर्को व्यवस्था नहुँदासम्म उनीहरुको कार्यकाल लम्ब्याउने निर्णय नेपाल सरकारले गरेको बुझिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५