यूके-नेपाल दोस्रो चार्टर उडान आज


लन्डन । कोरोना महामारीका कारण बेलायतमा रोकिएका नेपाली स्वदेश फर्काउने दोस्रो चार्टर उडान आज हुँदैछ ।
शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा जजिरा एयरवेजको विमान लन्डन ग्याटविक एयरपोर्टबाट नेपालको लागि छुट्नेछ ।
ट्रान्जिटका लागि कुवेतमा केहीबेर रोकिने विमान शनिबार बिहान काठमाडौं अवतरण हुनेछ ।
आजको उडानमा विमानको क्षमताभन्दा निकै थोरै यात्रु हुने भएका छन् । १ सय ५८ सीट क्षमताको जहाजमा करिब ९० यात्रु उड्न लागेको जजिरा एयरवेजको नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेनले जानकारी दिएका छन् ।
लन्डनबाट बुधबार नेपाल गएको पहिलो उडानमा १ सय ४६ नेपाली स्वदेश फर्किएका थिए ।
एनआरएनए यूके समेतको सहयोगमा लन्डनस्थित नेपाली दूतावासले तथ्यांक संकलन गर्दा नेपाल जान जरूरी रहेको भन्दै झन्डै ५ सय जनाले नाम दर्ता गराएका थिए ।
तर दुई उडान तय भएपछि भने पहिला नेपाल जान अत्यावश्यक अवस्था पर्यो भन्नेहरु नै पछि हटेको दूतावासले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५