सोमबार, फागुन १२, २०८१
२ लाख पाउन्डको कार किनेको २० मिनेटमै क्षतिग्रस्त


नेपाली लिङ्क
जुन २५, २०२०
लन्डन । बेलायतमा खरिद गरिएको २० मिनेटमा नै दुई लाख पाउण्ड अर्थात् तीन करोडको रुपैयाँ बराबरको एक लक्जरी कार दुर्घटनामा परी क्षतिग्रस्त भएको छ ।
निकै लोकप्रिय अनि महंगा कारहरुमध्येको एक ‘ ल्याम्बर्घिनी हुराकन स्पाइडर’ मोडलको उक्त कार वेष्ट योर्कशायरको (एम वान) राजमार्गमा प्राविधिक गडबडीका कारण तेस्रो लेनमा रोकेर राखिएको थियो ।
रोकेर राखिएकै अवस्थामा पछाडिबाट भ्यानले ठक्कर दिएपछि कारको पछाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको योर्कशायर प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न भ्यान चालकको टाउकोमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको बताइएको छ । उक्त कारका चालकको भने पहिचान भइनसकेको प्रहरीले बताएको छ।
‘द सन् ‘ म्यागेजिनले चालकलाई अभागी ड्राइभरको संज्ञा दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५