लण्डनबाट पहिलो चार्टर विमान आज नेपाल उड्दै
डेढ सय नेपाली स्वदेश फर्किदै


लण्डन । बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारले व्यवस्था गरेको पहिलो चार्टर उडान बुधबार हुँदैछ ।
लण्डनको ग्याटविक एअरपोर्टबाट दिउँसो उड्ने जजिरा एअरवेजको विमानले बेलायतमा रोकिएका करिब डेढ सय नेपाली स्वदेश फर्काउँदैछ ।
गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा दूतावासले तयार गरेको नेपाल फर्कन जरुरी अवस्थामा रहेका बेलायतस्थित झण्डै ५ सय नेपालीको सूचीबाट पहिलो प्राथमिकतामा पर्नेहरु आजको पहिलो उडानमा उड्दैछन् ।
भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायतले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका छन् ।
लण्डनबाट बुधबार दिउँसो २ बजेर ५० मिनेटमा उड्ने जजिरा एअरवेजको ‘ए ३२० एअरबस’ विहीबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं अवतरण हुनेछ ।
लकडाउनका कारण बेलायतमा रोकिएका नेपाली स्वदेश फर्काउन तय गरिएका दुई चार्टर उडानमध्येको दोस्रोे उडान भने शुक्रबार हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५