जुलाई ४ देखि इंग्ल्याण्डमा पव, रेस्टुरेन्ट खुल्ने


लन्डन । बेलायतमा तीन महिनादेखि जारी लकडाउन खुकुलो पार्दै जाने क्रममा एक महत्वपूर्ण घोषणा गरिएको छ ।
मंगलबार प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा सम्बोधन गर्दै आउँदो जुलाई ४ देखि इंग्ल्याण्डमा पव, रेस्टुरेन्ट, होटेल, हेयर सलून लगायतका व्यवसाय पुन सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
त्यसैगरी, आउटडोर जीमखाना, खेलमैदान, पुस्तकालय, संग्राहलय, कम्युनिटी सेन्टर, क्याराभन पार्क जस्ता सार्वजनिक स्थान पनि खुल्ने भएका छन् ।
तर इन्डोर जीम, नाइट क्लब, स्पा, वाटर पार्क, इन्डोर खेल, स्विमिङ पूल, आदि भने अझै खुल्ने छैनन् । प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि कायम रहेको २ मिटरको सामाजिक दूरीलाई लचिलो बनाएर १ मिटरमा झारिने समेत बताएका छन् ।
त्यसैगरी, आउँदो जुलाई ४ देखि इंग्ल्याण्डमा एक घरका मानिसले अर्को घरका मानिससँग घरभित्रै पनि भेट्न पाउनेछन् । यसअघि घरबाहिर निश्चित दूरी कायम गरेर मात्रै भेट्न छुट थियो ।
यो परिवर्तन इंग्ल्याण्डको लागि मात्र घोषणा गरिएको हो । अन्य राज्यहरुसँग आफ्नो राज्यको लकडाउनबारे आफै निर्णय गर्ने अधिकार छ ।
प्रधानमन्त्री जोन्सनको यो घोषणालाई बेलायतमा जारी लकडाउन क्रमबद्ध रुपमा खोल्दै जाने सरकारको योजनाको सबैभन्दा ठूलो फड्को मानिएको छ ।
तर लकडाउन खुलाउन सरकारले हतारो गरिरहेको भन्दै संक्रमण पुन: बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ । प्रधानमन्त्री जोन्सनले भने जोखिम बढ्दै गए कुनै पनि बेला फेरि कडाइ गरिने बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५