कोरोनाले दुबईमा मृत्यु हुने ढकालको परिवारलाई यूकेबाट ५ लाख बढीको सहयोग


लण्डन । कोरोना संक्रमणबाट दुबईमा ज्यान गुमाएका चुरामणि ढकालको परिवारलाई बेलायतबाट आर्थिक सहयोग पठाइएको छ ।
गुल्मीको जोहांग पुर्ख्यौली भइ पछिल्लो समय कपिलवस्तुको वाणगंगामा बस्दै आएको ढकाल परिवारलाई ३ हजार ४ सय ८४ पाउण्ड ( ५ लाख २२ हजार ६ सय ६० रुपिया) पठाइएको सहयोग अभियानका संयोजक एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले जानकारी दिए ।
मृतक ढकालकी श्रीमती शारदा ढकालको बैंक खातामा उक्त रकम सिधै जम्मा गराइएको ढकालले बताए ।
१५ वर्षदेखि दुबईमा कार्यरत ३९ वर्षीय ढकालको मे पहिलो साता कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनका श्रीमती, एक छोरी र अपांगता भएका छोरा छन् ।
मृतक परिवारको आर्थिक अवस्था नाजुक भएकोले बेलायतमा रहेका आफन्तहरु मिलेर सहयोग पठाउने सोच बनाइएको थियो । जसमा बेलायतबासी गुल्मेली, गैरगुल्मेलीसहित गुल्मी जिल्ला समाज यूके समेतले सहयोग गरेका थिए ।
सहयोग अभियानका संयोजक एनआरएनए यूके सचिव ढकालले यस अभियानमा सहयोग गर्ने नारायण ढकाल, शिव ढकाल, गुल्मी जिल्ला समाज यूके, मिडल्याण्डका सामाजिक अभियन्तासहित सबै सहयोगदातामा आभार प्रकट गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५