यूकेबाट जुन २४ र २६ मा दुई उडान नेपाल जाने


लण्डन । लामो समयको प्रतिक्षापछि लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरु स्वदेश फर्किने दिन तय भएको छ ।
यहि जुन २४ र २६ का दिन दुईवटा चार्टर विमान बेलायतबाट नेपाल उड्ने निश्चित भएको लण्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
प्रवक्ता शरदराज आरनका अनुसार जजिरा एअरलाइन्सका दुई उडानमार्फत बेलायतमा रोकिएका नेपालीहरु स्वदेश फर्किनेछन् ।
जुन २४ तारिख बुधबार र २६ तारिख शुक्रबार दुवै दिन दिउँसो २ बजेर ५० मिनेटको समयमा लण्डन ग्याटविक विमानस्थलबाट नेपालका लागि उडान छुट्नेछन् । उडानको बीचमा विमान कुवेतमा डेढ घण्टा रोकिएपनि यात्रुहरु बाहिर निकालिने छैन् । अर्को दिन बिहान ९ बजेर १० मिनेटमा उडान काठमाडौं अवतरण हुनेछन् ।
बेलायतबाट नेपाल उड्ने जजिरा एअरलाइन्सका ए ३२० एअरबसमा एकपटकमा १ सय ५८ यात्रु बोक्ने क्षमता छ । यसर्थ दुई उडानमार्फत ३ सय १६ जनासम्म यात्रु नेपाल फर्किन सक्नेछन् ।
यसअघि लण्डन दूतावासले नेपाल सरकारलाई पठाएको सूचीमा स्वदेश फर्किन चाहने ४ सय २० जना नेपालीको नाम समावेश थियो ।
तर यी उडानमा उड्नका लागि कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट बुझाउनेदेखि साढे ११ सय ५० डलर (९ सय २० पाउन्ड) भाडा, नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिन लगायतका शर्तहरु मञ्जुर गर्नुपर्ने भएकाले नेपाल जान चाहनेको संख्या केही घट्न सक्ने आँकलन गरिएको छ ।
दुई वटा उडानमा सबै नअटेको अवस्थामा प्राथमिकतामा पर्नेलाई पहिले पठाइने र बाँकी रहनेका लागि छुट्टै उडान व्यवस्था गर्न पहल गरिने दूतावासले बताएको छ ।
दूतावासको सूचीमा प्राथमिकतामा परेर नेपाल जानेहरुले उडानको टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेडमार्फत नै लिनुपर्नेछ । जसको लागि कम्पनीको बैंक खातामा सरकारले भाडास्वरुप तोकेको साढे ११ सय डलर (९ सय २० पाउन्ड) बराबरको नेपाली रुपिया जम्मा गराउनुपर्नेछ ।
हेरौं लन्डनस्थित नेपाली दूतावासको सूचना:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५